हाम्रो बारेमा

खेलकुद बिटमा कलम चलाउने पत्रकारहरुको गौरवशाली संस्था हाे ‘नेपाल खेलकुद पत्रकार मञ्च’ ।१८ वर्षअघि समग्र खेलकुद क्षेत्रको प्रवद्र्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्येयका साथ २०५७ सालमा कास्की समन्वय समिति गठन हुँदै अघि बढेको संस्था प्रादेशिक संरचना अनुरुप अहिले यो अवस्थामा आइपुगेको छ । चार वर्ष अघिसम्म एक रुपैंया नभएको संस्थामा एउटै कार्यसमितिले २२ लाख बढी आयव्यय सार्वजनिक गर्ने अवस्थामा संस्था आइपुगेको छ । समाचारमा खेलकुद क्षेत्रलाई प्राथमिकता दिने हेतुले रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सात सदस्यीय समिति गठन ग¥यो । तत्कालिन नेकपा माओवादीले युद्ध चर्काएको बेला मुलुक समग्र क्षेत्रमा नराम्ररी प्रभाव पर्दा सञ्चार क्षेत्रसमेत अछुतो रहेन । मुलुकको संक्रमणकालीन अवस्थामा पनि अग्रजहरु विभिन्न तालिम, छलफल, प्रशिक्षण, मिडिया कप, मैत्रीपूर्ण खेलहरुमा सक्रिय मात्र भएनन्, भर्खरै एफएम रेडियो सुरु भएको अवस्थामा सुरुवातीकालदेखि नै खेलकुद कार्यक्रम तथा समाचारहरुले विशेष स्थान पायो । तर, तत्कालिन राजाको सक्रिय शासन, जनयुद्धको चरमोत्कर्ष, जनआन्दोलन लगायतका कारण नियमित अधिवेशन हुन सकेन । लामो समयपछि मोहन घलेको अध्यक्षतामा नयाँ कार्यसमिति बनाउँदै मञ्च क्रियाशील भयो । २०६८ पुस ६ गते विनोद लामिछानेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति बन्यो । २०७१ पुस २१ गते तेस्रो अधिवेशनबाट प्रेमनारायण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति बन्यो । वैदेशिक रोजगारीका सिलसिलामा अध्यक्ष न्यौपाने जापान प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षका रुपमा तत्कालिन उपाध्यक्ष सन्देश श्रेष्ठले कार्यभार सम्हाले र २०७३ जेठ २१ गते, शुक्रबार विशेष अधिवेशन आह्वान भयो । सोहि अधिवेशनबाट केशव पाठकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चुनियो । वार्षिक कार्यक्रम पोखरा स्पोर्टस् अवार्ड लगायत विभिन्न तालिम, कार्यक्रम सञ्चालानार्थ आइपरेका समस्या र कठिनाइलाई समाधान गर्न संस्था दर्ता अनिवार्य आवश्यक भयो । पोखरा स्पोर्टस् अवार्डको दायरा फराकिलो पार्न संस्थालाई संघीय संरचना अनुरुप प्रदेश स्तरमा लैजाने निर्णय अनुरुप २०७५ साउन २३ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत् दर्ता गरियो । भेलाको निर्णय अनुरुप नै जिल्ला समितिलाई प्रदेश तदर्थ समितिमा रुपान्तरण गरियो । महासचिव पद सिर्जना गरी सचिवलाई महासचिव र सहसचिवलाई सचिव तोकियो । त्यसै तदर्थ समितिले आफ्नो जिम्मेवारी पूरा गर्दै २०७५ फागुन २५ गते प्रथम अधिवेशन गर्याे र एकराज गिरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन भयाे ।