टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड सम्पन्न,युकेश र सुष्मी वर्ष खेलाडी, श्रेया भइन् पपुलर

विजय नेपाल
पोखरा, २४ जेठ

चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड–२०७५ मा युकेश गुरुङ र सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार (जेठ २४) मा पोखरा सभागृहमा आयोजना गरेको समारोहमा प्याराग्लाइडिङका युकेश गुरुङ पुरुषतर्फ वर्ष खेलाडी घोषित हुँदै टीभीएस अपाचे मोटरसाइकल पुरस्कार पाए ।

यस्तै, फूल कन्ट्याक्ट कराँतेकी श्रेष्ठले महिलातर्फ वर्ष खेलाडी घोषित हुँदै वीगो स्कूटर चढिन् ।


वर्ष चर्चित खेलाडीको उपाधि सुटिङकी श्रेया केसीले जित्न सफल भइन् । एसएमएस भोटिङ आधारमा उनले सर्वाधिक मत प्राप्त गर्दै २५ हजारसहित वर्ष चर्चित खेलाडी बन्न सफल भएकी हुन् । उनलाई सफ्ट टेनिसकी प्रीति बराल (वर्ष खेलाडी महिला मनोनीत) ले पछ्याएकी थिइन् ।

यस्तै, उदियमान खेलाडीतर्फ क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षकमा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका चित्रबहादुर गुरुङलाई सम्मान गरियो भने वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट मञ्च पूर्व अध्यक्ष विनोद लामिछाने २० हजारसहित पुरस्कृत भए । वर्ष उत्कृष्ट खेल संघ अवार्ड जिल्ला बास्केटबल संघ कास्कीलाई १५ हजार रुपैयाँसहित सम्मान गरियो ।


वर्ष उत्कृष्ट पुरुष, महिला, उदियमान र प्रशिक्षक विधामा यसअघि नै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको थियो । ती मध्येबाटै चर्चित खेलाडी छनोटमा पूरै एसएमएसलाई आधार मानिएकोमा अन्य विधामा भने छनोट समिति निर्णयलाई आधार मानिएको छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले बताए ।

वर्ष खेलाडी पुरुष युकेश गुरुङको अनुपस्थितिमा उनको बुबाले अवार्ड थापेका थिए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिलालाई सामसङ मोवाइल वर्ड कनेक्सनले मोवाइल उपलब्ध गराएको थियो ।


पोखरा लेकसाइडका १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकुदमा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण र इण्डोनेसियामा भएको एशियन गेम्समा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा रजत जित्न सफल भएका थिए । वर्ष खेलाडी महिला घोषित २१ वर्षीय श्रेष्ठ स्याङ्जा भीरकोटकी हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा खुला तौल समूहमा कास्य, सेकेण्ड साउथ एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँतेमा खुला तौल समूहमा स्वर्ण, २९ औं यूरोपियन च्याम्पियनसीपमा खुला तौल समूहमा काँस्य जितेकी थिइन् ।

वर्ष चर्चित खेलाडी घोषित श्रेया वर्ष महिला खेलाडी विधामा थिइन् । उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एकलतर्फ स्वर्ण र टिमतर्फ रजत विजेता हुन् ।

प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता चित्रबहादुर गुरुङलाई सम्मान गर्दै यसप्रकारका कार्यक्रमले खेल र खेलाडीको विकासमा सघाउ पुग्ने बताए । स्याङ्जाका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।
वर्ष खेलाडी विधामा स्क्वासका अमृत थापामगर, फूल कन्ट्याक्ट कराँतेका रुपक नेपाली, वर्ष महिलामा सफ्ट टेनिसकी प्रीति बराल, सुटिङकी श्रेया केसी, उदियमान आर्चरीकी अनुष्का शेरचन, तेक्वान्दोकी सुस्मिता थापामगर, प्रशिक्षकमा ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा रहेको मञ्च महासचिव एवं प्रचार संयोजक विजय नेपालले जानकारी दिए ।


अवार्ड विजेतालाई मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङसहित सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसद कृष्ण थापा, मीना गुरुङ, राजीव पहारी, दीपक कोइराला, मोहन रेग्मी, मित्रकुमारी गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, माछापुच्छ«े गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडी, बतास ब्रदर्श प्रालिका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट, प्रबन्धक सन्तोष पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, छनोट समिति संयोजक एवं मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी, छनोट समिति सदस्य सन्देश श्रेष्ठ, पत्रकार अनिशा श्रेष्ठ, पोखरा महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत शेषनारायण पौडेल, क्षेत्रीय खेलकुद विकास समिति पोखराअध्यक्ष सम्पन्न श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगी, कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षत्री, सहारा क्लब पोखरा पूर्व अध्यक्ष विक्रम थकाली, लोकतान्त्रिक खेलकुद मञ्च अध्यक्ष देवेन्द्र शेरचन, हिमाली सांस्कृृतिक परिवार अध्यक्ष मेनकाजी गुरुङ, यसअघि लाइफटाइम अचिभमेन्ट प्राप्त भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, पोखरा उपत्यका बृहत् सफाइ अभियान संयोजक नागरिक अभियन्ता रामबहादुर पौडेल, राखेप सदस्य राजेश गुरुङ, पोखरा महानगरपालिका कार्यालयका कानून अधिकृत नारायणप्रसाद शर्मा लगायतले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।


पोखरा महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत शेषनारायण पौडेलले युकेशलाई वर्ष खेलाडी र महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सुष्मीलाई वर्ष खेलाडी घोषणा गरेकी हुन् । यस्तै, खेलाडी छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले श्रेयालाई पपुलर आफ दि इअर घोषणा गरे ।

कार्यक्रमबीच सशस्त्र प्रहरीका पूर्व आइजीपी स्व.सवीर थापाका छोरा आशीष थापाको तर्फबाट सहयोग रकम १ लाख ५ हजार राखेप सदस्य राजेश गुरुङले प्रदान गरे । उनले आफ्नो तर्फबाट र इमानसिंहको तर्फबाट संयुक्त ५० हजार मञ्चलाई प्रदान गरे ।

यसैबीच, उत्कृष्ट प्रशिक्षक बनेका गोदारले आफूले पाएको २५ हजारमा २५ हजार थप गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघको सहयोगार्थ प्रदान गरे ।


कार्यक्रममा द लुक्स फेसन होमले आयोजना गरेको पाँचौ मिस सी क्वीनका प्रतियोगीले ¥याम्प प्रस्तुत गरेका थिए भने फूल कन्ट्याक्ट कराँते, उसु र केन्दो खेलको डेमो देखाइएको थियो । हिमाली सांस्कृतिक परिवारले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान ग¥यो ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राजाराम पौडेल र धन्यवाद ज्ञापन उपाध्यक्ष रञ्जन अधिकारीले गरेका थिए ।

बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा भएको कार्यक्रममा बतासले वर्ष खेलाडी पुरुषका लागि टीभीएस अपाचे मोटरसाइकल र वर्ष खेलाडी महिलाको लागि वीगो स्कुटर प्रदान गरेको हो । बताससँग ३ वर्षको लागि प्रायोजन सम्झौता छ ।
यसपालि स्पोर्टस् अवार्डका लागि गण्डकी प्रदेश सरकारले ५ लाख, पोखरा महानगरपालिकाले १ लाख ५० हजार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १ लाख, सशस्त्र प्रहरीका पूर्व आइजीपी स्व.सवीर थापाका छोरा किस्ट अस्पताल संचालक सविर थापाले १ लाख ५ हजार उपलब्ध गराएका हुन् ।

यस्तै, अन्य सहयोगीमा नेपाल पर्यटन बोर्ड, माता मनकामना कृषि फर्म पोखराका संचालक एवं राखेप सदस्य राजेश गुरुङ र लाहाचोक कृषि फर्मका संचालक इमानसिंह गुरुङ, रुपा गाउँपालिका, सांसद मीना गुरुङ (हङकङ व्युटी इन्स्टिच्युट प्रालि), फेदीखोला गाउँपालिका, पोखरा–१० निवासी स्व. हेमबहादुर पुनको स्मृतिमा परिवार, पोखरा कन्क्रिट कन्सर्न प्रालि, सांसद राजीव पहारी, होटल सिटी इन, हेल्थ अपडेट मासिक, सामसङ मोवाइल वल्र्ड वाइड कनेक्सन, पोखरा वडा ३, ५, ७, ८ र १३, कास्की जिल्ला खेलकुद विकास समिति, सहारा क्लब पोखरा, बुल्स मेन क्लब, गुरुङ व्युटी पार्लर एण्ड एकेडेमी प्रालि, सितेसियो कराँते संघ र मुआथाई संघ कास्की, अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, माछापुच्छे«, पोखरा वाटर सप्लायर्स, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, कास्की जिल्ला बास्केटबल संघ, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखरा, कास्की जिल्ला टेनिस संघ, पश्चिमाञ्चल होटल संघ पोखरा, मिलन गुरुङ (एन्फा कास्की), चिल्लीबार, माउन्ट व्लू टुरिष्ट होष्टल, पञ्चिमाञ्चल होटल संघ, अतिथि रिसोर्ट एण्ड स्पा, साइमन पार्टी प्यालेस, पोखरा टेलिभिजन, परिचय एड्भरटाइजिङ लगायत छन् ।


तीमध्ये पोखरा कन्क्रिट कन्सर्न प्रालिद्वारा वर्ष उत्कृष्ट प्रशिक्षकको लागि २५ हजार, सांसद राजीव पहारीबाट वर्ष उत्कृष्ट पत्रकारिता अवार्डको लागि २० हजार, होटल सिटी इन लेकसाइडबाट पपुलर प्लेयर अवार्डको लागि २५ हजार, हेल्थ अपडेट मासिकबाट वर्ष उत्कृष्ट खेल संघको लागि १५ हजार रुपैयाँ र
सामसङ मोवाइल वल्र्ड वाइड कनेक्सनबाट २ थान मोवाइल प्रायोजन भएको थियो । दिउँसो साढे १ बजेदेखि सुरु कार्यक्रम ४ बजेसम्म चलेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, विभिनन विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, पत्रकार, नागरिक समाज, उद्योगी, व्यवसायी, कलाकार लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।


खेलाडी छनोटका लागि मञ्च संस्थापक अध्यक्ष एवं सल्लाहकार रामकृष्ण ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सदस्यमा निवर्तमान अध्यक्ष एवं सल्लाहकार केशव पाठक, अर्का सल्लाहकार पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, मञ्च पूर्व अध्यक्ष विनोद लामिछाने, पूर्व उपाध्यक्ष सन्देश श्रेष्ठ, पूर्व उपाध्यक्ष दीननाथ बराल, क्षेत्रीय खेलकुद विकास समिति सदस्य सम्पन्न श्रेष्ठ, पदेन सदस्यमा मञ्च अध्यक्ष एकराज गिरी र महासचिव विजय नेपाल थिए ।

यस्तै, पत्रकार छनोट समितिमा मञ्च संस्थापक अध्यक्ष एवं सल्लाहकार रामकृष्ण ज्ञवाली संयोजक र सदस्यमा पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ सदस्य तथा पदेन सदस्यमा मञ्च अध्यक्ष एकराज गिरी र महासचिव विजय नेपाल थिए ।


२०५७ सालमा कास्की जिल्लास्तरमा स्थापित मञ्च २०७५ सालमा विविधत दर्तासँगै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नाममा संचालित छ । मञ्चको गण्डकीस्तरीय नयाँ कार्यसमिति निर्वाचनसँगै यसपालि प्रदेशस्तरीय अवार्ड आयोजना गरिएको हो । कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णमा मञ्च अध्यक्ष एकराज गिरीले आभार प्रकट गरेका छन् ।

कार्यक्रमको लागि मञ्च अध्यक्ष गिरीको मूल संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको थियो ।
सल्लाहकार उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली, आर्थिक व्यवस्थापनमा शशीकुमार पौडेल, प्रचारप्रसारमा विजय नेपाल, सांस्कृतिकमा सुशील नेपाली, खाजा-खानामा रोशन अधिकारी, मञ्च तथा हल व्यवस्थापनमा मन क्षत्री, फोटोग्राफी÷भिडियोग्राफीमा उमेश पुन, स्वयंसेवकमा अर्जुन गिरी, प्रमाणपत्र तथा ट्रफी व्यवस्थापनमा रञ्जन अधिकारी, चिठीपत्र तथा व्यानर व्यवस्थापनमा राजाराम पौडेल, अतिथि सत्कारमा कविता घर्तीमगर र वैदेशिक समन्वयमा केशव पाठक संयोजक चयन थिए । सल्लाहकार उपसमितिमा मञ्चका सल्लाहकार तथा पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका अध्यक्ष स्वतः सदस्य थिए ।

..
तस्वीर- दुर्गाप्रसाद पौडेल (मिलन फोटो स्टुडियो) र उमेश पुन ।