नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको प्रथम अधिवेशन: महासचिव रञ्जन अधिकारीको प्रतिवेदन

मितिः २०७५ फागुन २५

हामी खेल पत्रकारहरुको गौरवशाली संस्था नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आज प्रथम अधिवेशन गरिरहेका छौं । १८ वर्षअघि समग्र खेलकुद क्षेत्रको प्रवद्र्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्येयका साथ २०५७ सालमा कास्की समन्वय समिति गठन हुँदै अघि बढेको संस्था अहिले प्रादेशिक संरचना अनुरुप यो अवस्थामा आइपुगेको छ । चार वर्ष अघिसम्म एक रुपैंया नभएको संस्थामा अहिले एउटै कार्यसमितिले २२ लाख बढी आयव्यय सार्वजनिक गर्ने अवस्थामा संस्था आइपुगेको छ ।

समाचारमा खेलकुद क्षेत्रलाई प्राथमिकता दिने हेतुले रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सात सदस्यीय समिति गठन ग¥यो । तत्कालिन नेकपा माओवादीले युद्ध चर्काएको बेला मुलुक समग्र क्षेत्रमा नराम्ररी प्रभाव पर्दा सञ्चार क्षेत्रसमेत अछुतो रहेन । मुलुकको संक्रमणकालीन अवस्थामा पनि अग्रजहरु विभिन्न तालिम, छलफल, प्रशिक्षण, मिडिया कप, मैत्रीपूर्ण खेलहरुमा सक्रिय मात्र भएनन्, भर्खरै एफएम रेडियो सुरु भएको अवस्थामा सुरुवातीकालदेखि नै खेलकुद कार्यक्रम तथा समाचारहरुले विशेष स्थान पायो । तर, तत्कालिन राजाको सक्रिय शासन, जनयुद्धको चरमोत्कर्ष, जनआन्दोलन लगायतका कारण नियमित अधिवेशन हुन सकेन । लामो समयपछि मोहन घलेको अध्यक्षतामा नयाँ कार्यसमिति बनाउँदै मञ्च क्रियाशील भयो । २०६८ पुस ६ गते विनोद लामिछानेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति बन्यो । २०७१ पुस २१ गते तेस्रो अधिवेशनबाट प्रेमनारायण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति बन्यो । वैदेशिक रोजगारीका सिलसिलामा अध्यक्ष न्यौपाने जापान प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षका रुपमा तत्कालिन उपाध्यक्ष सन्देश श्रेष्ठले कार्यभार सम्हाले र २०७३ जेठ २१ गते, शुक्रबार विशेष अधिवेशन आह्वान भयो । सोहि अधिवेशनबाट केशव पाठकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चुनियो ।

वार्षिक कार्यक्रम पोखरा स्पोर्टस् अवार्ड लगायत विभिन्न तालिम, कार्यक्रम सञ्चालानार्थ आइपरेका समस्या र कठिनाइलाई समाधान गर्न संस्था दर्ता अनिवार्य आवश्यक भयो । पोखरा स्पोर्टस् अवार्डको दायरा फराकिलो पार्न संस्थालाई संघीय संरचना अनुरुप प्रदेश स्तरमा लैजाने निर्णय अनुरुप २०७५ साउन २३ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत् दर्ता गरियो । भेलाको निर्णय अनुरुप नै जिल्ला समितिलाई प्रदेश तदर्थ समितिमा रुपान्तरण गरियो । महासचिव पद सिर्जना गरी सचिवलाई महासचिव र सहसचिवलाई सचिव तोकियो । अहिले यसै तदर्थ समितिले आफ्नो जिम्मेवारी अनुरुप प्रथम अधिवेशन गरिरहेको स्मरण गराउन चाहन्छु ।

साथीहरु, अब म खेलकुद पत्रकार मञ्च कास्कीले हामी निर्वाचित भएको दिनदेखि हालसम्मको महत्वपूर्ण प्रगति विवरण यस सम्मानित सभासमक्ष जानकारी गराउने अनुमति चाहन्छु ।

२०७३ जेठ २१ गते विशेष अधिवेशनबाट जिल्ला समिति निर्वाचित भइसकेपछि पहिलो बैठकबाटै संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष र जिल्ला खेलकुद विकास समिति अध्यक्षलाई सल्लाहकार समितिमा राख्ने निर्णय ग¥यौं । आजको दिनसम्म पनि सल्लाहकारहरु रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, खगराज पौडेल, सम्पन्न श्रेष्ठ, यामबहादुर गुरुङबाट आवश्यक सुझाव सल्लाह प्राप्त गरिरहेका छौं । सल्लाहकारज्यूहरुकाप्रति हामी आभार प्रकट गर्दै आगामी दिनहरुमा यस्तै साथ सहयोगको अपेक्षा गर्दछौं ।

स्पोर्टस् अवार्डः

मञ्चका तत्कालिन कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ संयोजक र सचिव दिननाथ बराल सहसंयोजक रहेको मूल समितिले २०७२ साल जेठ १ गते पहिलो पोखरा स्पोर्टस् अवार्ड सम्पन्न भयो । त्यसपछिका दुई स्पोर्टस् अवार्ड यस कार्यसमितिले सम्पन्न गरेको हो ।

दोस्रो पोखरा स्पोर्टस् अवार्ड

मञ्चका अध्यक्ष केशव पाठकको संयोजकत्वमा मूल समारोह समिति गठन गरी २०७४ साउन २१ गते सम्पन्न दोस्रो संस्करणको पोखरा स्पोर्टस् अवार्डमा लनटेनिसका खेलाडी कुमार अधिकारी र भलिबलकी अरुणा शाही वर्ष २०७३ मा क्रमशः पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बने । उनीहरुले जनही २५ हजार प्राप्त गरे । कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा, उदयीमान खेलाडी भलिबलकी ममता डगौरा घोषित हुँदै १०–१० हजार प्राप्त गरे । कास्की जिल्ला टेनिससंघ उत्कृष्ट खेलसंघ हुँदै १० हजार प्राप्त ग¥यो । विगत ५५ वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा अनवरत योगदान दिएका खड्ग बहादुर रानाभाटलार्ई लाईफटाईम अचिभमेन्ट अवार्डका साथ दोसल्ला र सम्मानपत्र अर्पण गरियो । पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मानबहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।

टिभिएस अपाचे तेस्रो पोखरा स्पोर्टस् अवार्ड

तेस्रो संस्करणको स्पोर्टस् अवार्डमा पुरस्कार राशी वृद्धि थरियो । २०७५ बैशाख २० गतेको बैठकले वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी दुवैलाई २५ हजारबाट ५० हजार पु¥याउने, प्रशिक्षक र उदयीमान खेलाडी विधाकालाई १० हजारबाट बढाएर १५ हजार, उत्कृष्ट खेल संघलाई १० हजार पुरस्कार राशी तोकियो । साथै यस वर्षदेखि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा १५ हजार राशीको उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरियो ।

२०७५ वैशाख २३ गते एक कार्यक्रमका बीच टिभिएस मोटरबाइकको विक्रेता पोखराको बतास ब्रदर्श प्रालिसँग तीन वर्षका लागि प्रत्येक वर्ष एउटा मोटरसाइकल र एउटा स्कुटर उत्कृष्ट खेलाडीलाई प्रदान गर्नका लागि सम्झौता भयो । मञ्चले २५ प्रतिशत र प्राप्त गर्ने खेलाडीले करवापत २५ प्रतिशत तिर्ने सम्झौतामा उल्लेख छ ।

मञ्चका उपाध्यक्ष दिननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी २०७५ जेठ १८ गते सम्पन्न भएको टिभिएस अपाचे तेस्रो पोखरा स्पोर्टस् अवार्डमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बने । उनीहरुले टिभिएस अपाचेको मोटरसाइकल र विगो स्कुटर प्राप्त गरे । यस्तै, कास्की जिल्ला वर्ष उत्कृष्ट प्रशिक्षकमा शारीरिक सुगठनका जीवन घिमिरे र उदियमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित हुँदै जनही १५ हजार प्राप्त गरे । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लाईफटाईम अचिभमेन्ट अवार्ड कास्कीमा हक्की, टेनिस र क्रिकेट खेल भित्राउनका साथै पोखरा रंगशालामा पर्खाल निर्माणमा उल्लेखनीय योगदान दिएका प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई प्रदान गरियो । उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ब्याडमिन्टन संघलाई नगद १० हजार सहित सम्मान गरियो । उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सन्तोष पोखरेललाई नगद १५ हजार, सामसुङ मोबाईलका साथ सम्मान गरियो । गायन मार्फत खेल क्षेत्रमा योगदान दिएकोमा गायक बिनोद बानियाँलाई समेत दोसल्ला र सम्मानपत्रबाट सम्मान गरियो ।

सहभागिताः

२०७३ साउन २ गतेको बैठकबाट काठमाण्डौंमा आयोजित पल्सर स्पोर्टस् अवार्डमा उपाध्यक्ष दिननाथ बराल र कार्यसमिति सदस्य शुशिल नेपालीलाई पठाउने निर्णय ग¥यौं ।
२०७३ पुस ७ गतेदेखि पूर्वाञ्चलमा सञ्चालित सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कार्यसमिति सदस्यहरु नारायण शाही र सुशिल नेपालीलाई पठाउने निर्णय ग¥यौं ।
२०७३ पुस तेस्रो साता भारतको सिलगुढीमा भएको महिला साफ फुटबल च्याम्पियनशीपमा साधारण सदस्य माधव बरालको सहभागिता रह्यो ।
२०७४ भदौ २६ गते काठमाण्डौमा आयोजित पल्सर स्पोर्टस् अवर्डामा ४ जना पत्रकार पठाउन केन्द्रबाट आह्वान भएकोमा पोखराबाट दिननाथ बराल, सुरज श्रेष्ठ, लक्ष्मी जिसी जाने निर्णय गरियो ।
२०७५ साउन ३ गते मञ्चका अध्यक्ष केशव पाठकले सने २०२२ मा हुने वल्र्डकप फुटबल, त्यहाँ कार्यरत नेपालीको अवस्था र खेलकुद सहयोग सम्बन्धमा कतारका राजदुत मो. युसुफ बिनसँग सौहार्दपूर्ण भेट गरे । यस्तै, एन्फा नवनियुक्त अध्यक्ष कर्माछिरिङ शेर्पा सहितको टोलीसँग साउन ५ गते दुईपक्षीय सहयोग तथा छलफल भयो ।
भुटानमा सेप्टेम्बर २९, २०१८ देखि आयोजित यू–१८ साफ महिला च्याम्पियनशीपका लागि गण्डकी तदर्थ समिति सचिव अर्जुन गिरीलाई पठाउने निर्णय गरियो । साथै वैदेशिक अवसर प्राप्त गर्ने साथीले पाउने भत्ताको १० प्रतिशत रकम सहयोग स्वरुप मञ्चलाई दिनुपर्ने निर्णय पनि भयो ।

सदस्यता थपः

नयाँ सदस्यता थप गर्ने विषयमा २०७३ मंसिर १३ गतेको बैठकको निर्णय बमोजिम पत्रिकामा सूचना प्रकाशित गरी प्राप्त निवेदनमाथि २०७३ माघ २१ गतेको छलफल र निर्णयबाट सुरेन्द्र पौडेल, दुर्गा प्रसाद पौडेल, युवराज गुरुङ (यूनिश), राजु गिरी, ढाकामोहन बराल (गणेश), क्षमता खड्का, गणेश पौडेल, कविता घर्ती मगर, उमा आले मगर, राजाराम पौडेल, नरहरि पौडेल, प्रभु अधिकारी, शशी पौडेल, रोशन अधिकारी र गौरव त्रिपाठी गरी १५ जनालाई नयाँ सदस्यता प्रदान गरियो ।
कार्यसमिति सदस्य लक्ष्मी जिसी काठमाण्डौ कार्यक्षेत्र बनाइसकेको अवस्थामा मञ्च प्रदेशमा स्तरोन्नतिसँगै रिक्त रहेको महिला सदस्यमा उमा आले मगरलाई कार्यसमितिले मनोनयन ग¥यौं ।

तालिमहरुः

२०७३ माघ १ र २ गते फुटबल र क्रिकेट खेलबारे साइमन होटलमा वृहत तालिम सञ्चालन ग¥यौं । मञ्चका उपाध्यक्ष दिननाथ बरालको संयोजकत्वमा भएको तालिममा कास्कीका विभिन्न मिडियामा आबद्ध ४४ जना पत्रकारको सहभागिता रहेको थियो । पहिलो दिन नेपाली राष्ट्रिय महिला फूटबल टीमका प्रमुख प्रशिक्षक कुमार थापा र मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिनाले फुटबल खेलबारे सहजीकरण गरेका थिए । दोस्रो दिन नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले क्रिकेट खेलको समाचार लेखन विधिबारे प्रशिक्षण दिए भने अन्तराष्ट्रिय रेफ्री एवं कास्की जिल्ला क्रिकेट संघका सचिव सञ्जयकान्त सिग्देलले क्रिकेट खेलको प्राविधिक पक्ष, खेलका क्रममा ध्यान दिनुपर्ने कुराहरु, रेफ्रीको भूमिका लगायत सम्बन्धमा जानकारी गराए । कास्की जिल्ला खेलकूद विकास समितिको विशेष सहयोग एवं नेपाल खेलकूद पत्रकार मञ्चको प्राविधिक सहयोगमा भएको तालिममा सहारा क्लब पोखरा, साईमन पार्टी प्यालेस, क्षेत्रीय खेलकूद विकास समिति र कास्की जिल्ला क्रिकेट संघको सहयोग रहेको थियो ।

कार्यक्रमः
२०७४ पुस २८ गते एन्फा कास्कीको आन्तरिक समस्यालाई केन्द्रित गर्दै यहाँको फुटबल विकासका लागि हाम्रो भूमिका शीर्षकमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरियो । साइमन होटलमा आयोजित सो कार्यक्रममा पोखराका खेल क्षेत्रका अग्रज व्यक्तित्व, सरोकारवाला संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उल्लेख्य सहभागिता रह्यो ।
२०७४ फागुन २३ गते नेपाल पर्यटन बोर्ड, पोखराको सहकार्यमा प्रदेश नं. ४ मा खेलकुद पर्यटन विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरियो । राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रीय खेलकुद विकास समितिको सहयोग प्राप्त भएको सो अन्तक्र्रियामा प्रदेश ४ का तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यता, सांसद राजीव पहारी, इन्द्रधारा बिष्ट र मोहन रेग्मीसहित खेलुकद र पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधि तथा पत्रकारको उल्लेख्य सहभागिता थियो ।
२०७५ माघ १३ गते रमाईलो बनभोज कार्यक्रम सहित स्पोर्टस् अवार्ड आय व्यय विवरण सार्वजनिक, सदस्यता नविकरण गरियो ।
यस्तै, विभिन्न समयमा खेलकुद मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग पत्रकार भेटघाट कार्यक्रम पनि आयोजना गरियो ।

सहयोग प्रदानः

२०७३ माघ २१ गते कार्यसमिति सदस्य नारायण शाही ठकुरीको स्वास्थ्यउपचारका लागि नगद १० हजार मञ्चका तर्फबाट प्रदान गर्ने निर्णय बमोजिम सहयोग हस्तान्तरण ग¥यौ । साथै, मञ्चका अध्यक्ष केशव पाठकको सक्रियतामा सहयोग संकलन गरियो ।
२०७४ जेठ ३० गते पत्रकार सहकर्मी प्रकाश ढकालको स्वास्थ्य उपचारका लागि मञ्चका तर्फबाट ७ हजार रुपैंया सहयोग प्रदान गर्ने निर्णय अनुरुप सहयोग रकम हस्तान्तरण गरियो । साथै, उपचारमा सहयोग संकलनमा साथ दियौं ।

वेबसाइटः

सूचना प्रविधिमा समयानुकुल अपडेट हुने क्रममा हामी वेबसाइट सञ्चालन गर्ने पहिलो संस्था बनेका छौं । www.nsjfgandaki.com वा www.nsjfgandaki.org आजैका मितिदेखि शुभारम्भ भएको छ । पोखरा स्पोर्टस् लगायतका महत्वपूर्ण इभन्टका तस्विर, भिडियो, हाम्रा कार्यसमिति तथा सदस्यहरु, प्रेस विज्ञप्ती, सूचना, प्रतिवेदनका साथै जो कसैले खेल सम्बन्धी समाचार पोष्ट गर्न सक्ने तर हामीले एप्रुभ गरे मात्रै पब्लिस हुने गरी फिचरहरु थपेका छौं ।

बधाई ज्ञापनः

२०७३ फागुन ६ गते भएको नेपाल पत्रकार महासंघ कास्कीको दशौं अधिवेशनबाट उपाध्यक्ष दिननाथ बराल सहसचिव पदमा, सचिव रञ्जन अधिकारी सदस्य पदमा, कार्यसमिति सदस्यहरु सुरज श्रेष्ठ र गीता रानामगर कार्य समिति सदस्य पदमा, साधारण सदस्यहरु एकराज गिरी, सुरेन्द्र पौडेल, उमा आले मगर कार्यसमिति सदस्य पदमा, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष विनोद लामिछाने, साधारण सदस्यहरु कृपा भण्डारी, दुर्गा अधिकारी, एमबी आस्था, इन्द्र पौडेल, कृष्णमणि बराल, रतन गुरुङ केन्द्रिय पार्षद्मा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गरियो ।
मञ्चका सचिव रञ्जन अधिकारी पत्रकार महासंघ कास्कीद्वारा जगन्नाथ सिग्देल प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित भएकोमा पत्रिकामा बधाई ज्ञापन गरियो ।
मञ्चका अध्यक्ष केशव पाठक नेपाल पत्रकार महासंघद्वारा आचारसंहिता अनुगमन समिति सदस्यमा मनोनयन भएकोमा बधाई ज्ञापन गरियो ।
मञ्चका कार्यसमिति सदस्य उमेश पुन छैटौं मनकामना केबलकार पोखरा कपको उद्घाटन समारोहमा एन्फा कास्कीद्वारा उत्कृष्ट खेल पत्रकार पुरस्कारबाट पुरस्कृत भएकोमा बधाई ज्ञापन गरियो ।

धन्यवाद ज्ञापन

दोस्रो र तेस्रो पोखरा स्पोर्टस् अवार्डमा सहयोग गर्ने, अन्र्तक्रिया तथा तालिममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरियो ।

संगम क्लब पोखराका अध्यक्ष शिव गुरुङ माया सहित क्लब परिवारबाट मञ्चलाई १५ थान जर्सी सेट प्राप्त भएकोमा धन्यवाद ज्ञापन गरियो ।

हामीले जिम्मेवारी सम्हालेपछिको दुई वर्ष ९ महिनाको अवधिमा सामथ्र्यले भ्याएसम्म ग¥यौं । मञ्चको आर्थिक अवस्था निकै नाजुक हुँदा हुँदै पनि हाम्रा सहयोगी, मनकारी व्यक्ति तथा संघसंस्थाको सहयोगमा स्पोर्टस् अवार्ड निरन्तरता दिन सफल भयौं ।

आफ्नो विधि विधानको अभावले सरकारी संस्थाबाट आर्थिक सहयोग जुटाउन कठिनाई भएको अवस्थालाई मध्येनजर गर्दै विधिवत् दर्ता भएका छौं । अब प्रदेश स्तरमा अवार्ड सञ्चालन गर्ने निर्णय गर्दै यसका लागि जिल्लास्तरको यस संस्थालाई प्रदेश स्तरमा पु¥याएको स्पष्ट पार्दछौं । साथमा रकम नहुँदा पनि हात थापेरै हामी अघि बढ्नुपरेको अवगत नै छ । दिनरात नभनी खटिएर हिँड्नुभयो । यो योगदानप्रति तपाईं सबैलाई म धन्यवाद दिन चाहन्छु । मञ्चलाई राम्रो बनाउन सदैव यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछु । धन्यवाद ।

रञ्जन अधिकारी
महासचिव